Like us!
Follow us!

सेन्ट्रल फाइनान्सले प्राप्त गर्यो भुक्तानी सेवा प्रदायकको अनुमति

सेन्ट्रल फाइनान्सले प्राप्त गर्यो भुक्तानी सेवा प्रदायकको अनुमति

लगानी खबर, काठमाडौं  - नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडलाई भुक्तानी सेवा प्रदायकको काम गर्न अनुमति प्रदान गरेको छ । अनुमति प्राप्त गरेसँगै कम्पनीले भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न पाउने भएको हो । 

यो सँगै अब फाइनान्सले आफ्नै मोबाईल बैंकिङ्ग एप मार्फत मोबाईल बैंकिङ्ग सेवा सञ्चालन गर्नेछ । ग्राहकहरूले गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट मोबाईल बैंकिङ्ग एप डाउनलोड गरी उक्त सेवा लिन सक्नेछन् ।

संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यस्तै, फाइनान्सले विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि सञ्चालन गरीरहेको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।