Like us!
Follow us!

धितोपत्र बोर्डको निमित्तको जिम्मेवारी निरज गिरीलाई

धितोपत्र बोर्डको निमित्तको जिम्मेवारी निरज गिरीलाई

लगानी खबर, काठमाडाैँ - नियामक निकाय नेपाल धिताेपत्र बाेर्डकाे निमित्त अध्यक्षमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी नियुक्त भएका छन् । अर्थ मन्त्रालयले हिजाे (भदौ २८ गते, सोमबार) गिरीलाई बोर्डको दैनिक प्रशासनिक कार्य र बाेर्ड सञ्चालन गर्न जिम्मेवारी दिएको हो। 

भदाै १६ गते, बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियाे ।

छानबीन गर्न समिति गठन गरेसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका थिए । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।