Like us!
Follow us!

संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

लगानी खबर, काठमाडाैँ - एनआईसी एशिया बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ ।

बैंकका संस्थापक सेयरधनीहरूले आफ्नाे नाममा रहेकाे ५ हजार ७ सय ८१ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे केन्द्रिय कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।