लगानी खबर, काठमाडौँ - एनआईसी एशिया बैंकले समय अनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण NIC ASIA Quiz योजना सार्वजनिक गरेको छ ।
बैंकका ग्राहक तथा अन्य महानुभावहरूले यस बैंकको Viber Community मार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्नेछन् । यस मार्फत भाद्र २५ गतेदेखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ । यसरी सोधिने प्रश्नमा दिईएका चार वटा विकल्पहरू मध्येबाट सहभागी महानुभावहरूले आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्ने र जति धेरै सही जवाफ दियाे त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ ।
यसैगरी, यस योजनामा सहभागी भई सही जवाफ दिनुहुने एक जनालाई Reecharger को तर्फबाट बम्पर पुरस्कारस्वरूप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ । त्यसैगरी PALSONIC को तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, BrotherHood Enterprises को तर्फबाट भ्याकुम क्लिनर, ELECTRON को तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र YASUDA को तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ । साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिनुहुने ५ जना भाग्यशालीलाई LG को तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरूप प्रत्येक प्रश्नमा ४ जनालाई ५ सय रूपैयाँ बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिनेछ ।
त्यस्तै, भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले Viber App खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको NIC ASIA Quiz योजनामा सहभागीता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।