Like us!
Follow us!

कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

लगानी खबर, काठमाडाैँ -  कृषि विकास बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले भदाै ८ गतेदेखि भदाै २२ गतेसम्म प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ६ अर्ब रूपैयाँ बराबरकाे ६० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेकाे थियाे ।

कम्पनीकाे सञ्चालक समितिले उक्त अवधिभर रितपूर्वक प्राप्त भएका आवेदनहरूबाट ३४ लाख २६ हजार ९ सय ७५ कित्ता ऋणपत्र भदाै २५ गते, शुक्रबार बाँडफाँड गरेकाे हाे ।

बैंककाे ऋणपत्रमा निष्कासन तथा बिक्री प्रवन्धककाे काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे । 

सूचना हेर्नुहाेस् :  

6140329535800.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।