Like us!
Follow us!

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

लगानी खबर, काठमाडौं - आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (मंगलबार) पनि सोही मूल्यमा कारोबार भएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य पनि आज स्थिर रहि तोलाको ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

614031c385287.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।