Like us!
Follow us!

घोडीघोडा लघुवित्तले डाक्याे विशेष साधारण सभा, मर्जर प्रस्ताव पारित हुँदै

घोडीघोडा लघुवित्तले डाक्याे विशेष साधारण सभा, मर्जर प्रस्ताव पारित हुँदै

लगानी खबर, काठमाडाैँ - घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाले घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी निर्णयकाे लागि असाेज १६ गते शनिबार, हाेटल रूबस, बैयाबेहडी, धनगढी, कैलालीमा विशेष साधारण सभा गर्ने भएकाे हाे ।

दुवै संस्थाबीच गत कार्तिक २१ गते गाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएकाे थियाे । त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम नेप्सेमा घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार राेक्का छ ।

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १:०.५० काे अनुपातमा मर्ज हुन लागेका हुन् । विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावहरू पारित गर्नेछ । 

सूचना हेर्नुहाेस् :

613f0181b40ab.jpg

613f018aec334.jpg

613f019470fd7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।