Like us!
Follow us!

नेप्सेमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, दुई कम्पनीको कारोबार सर्किट लेभलमा

नेप्सेमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, दुई कम्पनीको कारोबार सर्किट लेभलमा

लगानी खबर, काठमाडौं - आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको कारोबार सर्किट लेभलमा भई रहेको छ । 

सोमबार अजोड इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढेर ८ सय ५९ रुपैयाँ १० पैसा पुगेको छ । 

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र सानिमा लाईफ इन्स्योरेन्सको सेयर कारोबार सर्किट लेभलमा भइरहेको छ । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २२.६० अंकले बढेर २९७०.०२ विन्दुमा पुगेको छ । यस्तै, ५ अर्ब ८६ करोड ८६ लाख ५१ हजार २८२ रुपैयाँको कारोबार भएको छ । 

613f0492046b7.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।