लगानीखबर, काठमांडौ- अप्पर तामाकोशी हाइड्रोपावरले गत दुई आर्थिक बर्षको बार्षिक साधारणसभा आह्वान गरेको छ । भदौ १७ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको १२ औँ र १३ औँ बार्षिक साधारणसभा असोज १९ गते गर्ने निर्णय गरेको हो ।
कम्पनीको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को १२ औँ र १३ औँ वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट बिहान ११ः३० बजे सुरु हुने कम्पनीले जनाएको छ ।
सभाले दुवै आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि सभाले अनुमोदन गर्नुको साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज ४ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । असोज १, २ र ३ गते नेप्सेमा कारोबार बन्द हुने भएकाले भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हसन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।