Like us!
Follow us!

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं - आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (आइतबार) तोलाको ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार ३ सय रुपैयाँले बढेर तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

613ee61d93b2e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।