Like us!
Follow us!

छुट्ला है ! डिप्रोक्स लघुवित्तको लिलामी सेयर भर्ने आज अन्तिम माैका

छुट्ला है ! डिप्रोक्स लघुवित्तको लिलामी सेयर भर्ने आज अन्तिम माैका

लगानी खबर, काठमाडाैँ - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै ८ गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (भदाै २८ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । संस्थाले ३५ हजार कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ६ सय ८५ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आजसम्म मात्र बोलपत्र पेश गर्न सक्नेछन् । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले सानिमा क्यापिटल लिमिटेड, पुतलिसडक, काठमाडाैँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।