लगानी खबर, काठमाडाैँ - हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले साउन ५ गतेबाट भदाै ८ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयर बाँडफाँड भएकाे छ ।
कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे । रितपूर्वक आवेदन दिने एक लाख ९६ हजार ४ सय २४ जना सेयरधनीहरूलाई ७ कराेड ३७ लाख ७० हजार २ सय ७६ कित्ता सेयर बाँडफाँड गरिएकाे कम्पनीले जनाएकाे छ ।
अब कम्पनीले बिक्री नभएकाे ३ कराेड ६२ लाख २९ हजार ७ सय २४ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्नेछ ।
सूचना हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।