Like us!
Follow us!

प्रभु बैंककाे लिलामी सेयर भर्ने आज अन्तिम दिन

प्रभु बैंककाे लिलामी सेयर भर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - प्रभु बैंक लिमिटेडले भदाै १५ गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (भदाै २८ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । बैंकले संस्थापक समूहको २ लाख ५२ हजार ७ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर २ सय १० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडाैँमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।