Like us!
Follow us!

बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

लगानी खबर, काठमाडौं - महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘युवा संग महालक्ष्मी लाईफ’ सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त कार्यक्रम संचालन गर्ने भएको हो । 

कम्पनीको संचालक समितिको मिति भाद्र २५ गतेको निर्णय बमोजिम आश्विन महिनाबाट देश व्यापी बीमा जागरण कार्यक्रम संचालन गर्न लागिएको कम्पनीले जनाएको छ । दुई वर्षे यस अभियानमा आ.व. २०७८/७९ भित्र २५ वटा जिल्ला र आ।व। २०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिनेछ ।

यो कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्ययन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ ।" काम गरी आय आर्जन गर – बीमा गरी सुरक्षित बन"  भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवी र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देश भरिका कम्पनीका बरिष्ठ अधिकृत तथा  अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रुपमा बीमा जागरण कार्यक्रम संचालन गर्न कम्पनीको जिल्ला स्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ । प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, संचालन र अनुगमन गर्नेछन ।

यही आश्विन पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।