Like us!
Follow us!

एमसीसी उपाध्यक्ष फातिमा सुमार अमेरिका फर्किँदै, हाेटल मेरियटमा पत्रकार सम्मेलन

एमसीसी उपाध्यक्ष फातिमा सुमार अमेरिका फर्किँदै, हाेटल मेरियटमा पत्रकार सम्मेलन

लगानी खबर, काठमाडाैँ - अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोली आज स्वदेश फर्किँदैछ । अमेरिका फर्किनुअघि एमसीसी प्रतिनिधिमण्डलले नेपाल भ्रमणको प्रगतिबारे जानकारी दिन नक्सालस्थित मेरियट होटलमा पत्रकार सम्मेलन गर्दैछ ।  

उपाध्यक्ष सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्सको प्रतिनिधिमण्डल बिहीबार चार दिने नेपाल भ्रमणका लागि कतार एयरवेजमार्फत काठमाडौं आएको थियो । नेपालमा एमसीसी सम्झौता विवादित बनेपछि आश्वस्त पार्न प्रतिनिधिमण्डल काठमाडौं आएको थियो ।

सुमारको प्रतिनिधिमण्डलले काठमाडौं आउनासाथ एमाले अध्यक्ष केपी ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईसँग भेट गरेको थियो ।

प्रतिनिधिमण्डलले दोस्रो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको थियो । तेस्रो दिन उर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेर एमसीसीबारे आश्वस्त पार्दै छिटो निर्णय गर्न आग्रह गरेको थियो ।

अमेरिका फर्कनुअघि पत्रकार सम्मेलन गरेर फतिमाले एमसीसीबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न लागिएको हो । - न्युज कारखाना

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।