Like us!
Follow us!

श्रीलंकामा खाद्यन्न हाहाकार, अत्यावश्यक सामाग्री किन्न पसलमा मानिसको भिड

श्रीलंकामा खाद्यन्न हाहाकार, अत्यावश्यक सामाग्री किन्न पसलमा मानिसको भिड

लगानी खबर, काठमाडौं - दक्षिण एशियाली मुलुक श्रीलंकामा खाद्यन्न अभाव देखिएको छ । अभावका कारण अधिकांश सहरका पसलमा अत्याबश्यक सामाग्री किन्नेहरुको भिड बढेको छ । आपूर्ति नहुँदा केही सहरमा खाद्यन्न हाहाकार देखिएको छ । कोभिड नियन्त्रण गर्न भन्दै सरकारले कडा लकडाउन गरेपछि यस्तो समस्या देखिएको हो ।

सरकारद्वारा सञ्चालित सुपरमार्केटमा नगन्य खाद्य समाग्री राखिएको छ भने अधिकांश डिपार्टमेन्ट रित्तै छन् । देशमा खाद्यन्न सामाग्री अभाव नभएको र सञ्चारमाध्यमले अनावश्यक त्रास सृजना गरेको सरकारले दाबी गरेको छ । 

केही महिनाअघि सरकारले आपतकाल घोषणा गरेको थियो । विदेशी सटहीमा संकटबीच केही समयअगाडि श्रीलंकाको केन्द्रीय वैंकका प्रमुखले राजीनामा दिएका थिए । 

के गर्दैछ सरकार ?
यही ३० अगस्टमा राष्ट्रपति गोताबाय राजापाक्षेले अत्यावश्यक सामाग्रीको आपूर्तीमा कडाई गरेका थिए । सर्वसाधरणले अस्वभाविक रुपमा खाद्यन्न भण्डारण गर्दा बजारमुल्य अस्वभाविक बढेको भन्दै सरकारले सो कदम चालेको थियो । 

आर्थिक संकटका कारण श्रीलंकामा विभिन्न समस्या देखिएका छन् । केही वर्ष अघिसम्म श्रीलंकाको अर्थतन्त्र दक्षिण एशियामा नै मजबुत थियो । सन् २०१९ मा विश्व वैंकले उसलाई मझौला आम्दानी हुने देशको सूचीमा राखेकोे थियो । 

तर, अहिले देशमा ऋणभार बढेको छ । कोभिडका कारण उद्योगधन्दा र कलकारखाना सञ्चालनमा अबरोध हुँदा राज्यलाई अर्बौ नोक्शानी भएको छ भने लाखौं मजदुर बेरोजगार बनेका छन् । पछिल्ला महिना चिनी, प्याज, दाललगायतका खाद्यन्नको मुल्य बृद्धि भएको छ । न्युज कारखाना
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।