Like us!
Follow us!

४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं - आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

गएको (शुक्रबार) तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (आइतबार) ४ सय रुपैयाँले घटेर तोलाको ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि घटेको छ । गएको शुक्रबार तोलाको १ हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

613d8f10c962c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।