Like us!
Follow us!

नेप्सेमा एनआईसी एशियाका २ म्युचुअल फण्डहरुकोको इकाई मूल्य समायोजन

नेप्सेमा एनआईसी एशियाका २ म्युचुअल फण्डहरुकोको इकाई मूल्य समायोजन

लगानीखबर, काठमांडौ- नेप्सेमा आज एनआईसी एशिया क्यापिटलद्धारा संचालित एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको इर्का मूल्य समायोजन भएको छ । 

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई समान ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरेको थियो ।

अब समायोजन पछि  एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइर्का मूल्य १२.२२ रुपैयाँ कायम भएको छ भने एनआईसी एशिया ब्यालेन्सड् फण्डको ईकाई मूल्य ११.२७ पैसा कायम भएको नेप्सेले जनाएको छ । 

लाभांश बितरणको लागि क्यापिटलले आज भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ २४ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउने छन्।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।