Like us!
Follow us!

लगानी गर्ने हाेइन ? नबिल ब्यालेन्स फण्ड ३ आजदेखि खुल्याे

लगानी गर्ने हाेइन ? नबिल ब्यालेन्स फण्ड ३ आजदेखि खुल्याे

लगानी खबर, काठमाडाैँ - नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने 'नबिल ब्यालेन्स फण्ड ३' आज (भदाै २५ गते, शुक्रबार) बाट निष्कासन तथा बिक्री खुल्ला भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ ।

यस बन्दमुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम एक कराेड इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् । याे फण्डमा लगानीकर्ताले छिटाेमा भदौ २९ गते र ढिलोमा असाेज ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।