Like us!
Follow us!

लाभांश घोषणा गर्दै सानिमा माई हाइड्रोले डाक्याे साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश घोषणा गर्दै सानिमा माई हाइड्रोले डाक्याे साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडाैँ - सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । लाभांशका साथसाथै कम्पनीले दशाैँ वार्षिक साधारण सभा पनि बाेलाएकाे छ । 

कम्पनीको भदाै २४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

कम्पनीले कार्तिक ११ गते वार्षिक साधारण सभा गर्ने भएकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहाेस् :

613ae751dd496.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।