Like us!
Follow us!

एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड् फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड् फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

लगानीखबर, काठमांडौ- एनआईसी एशिया क्यापिटलद्धारा संचालित एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको लाभांश सुरक्षित गर्ने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ । लाभांश बितरणको लागि क्यापिटलले  भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ २४ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउनृ छन् । 

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई समान ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरिसकेको छ । 

क्यापिटलले संचालन गरेको अर्को योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाई धनीहरुले भने १० प्रतिशतका दरले प्रतिफल पाउने छन् । यसको बुक क्लोज भने यस अघि नै भईसकेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।