Like us!
Follow us!

सिनर्जी पावरले हकप्रद ल्याउने, बिक्री प्रबन्धक नियुक्त

सिनर्जी पावरले हकप्रद ल्याउने, बिक्री प्रबन्धक नियुक्त

लगानी खबर, काठमाडाैँ - सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

निष्कासन तथा बिक्री प्रबन्धककाे सम्झाैतापत्रमा सानिमा क्यापिटल लिमिटेडकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे तर्फबाट प्रबन्ध सञ्चालक सुरेन्द्र बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

कम्पनीको भदाै १८ गते, शुक्रबार सम्पन्न भएकाे पन्ध्राैँ वार्षिक साधारण सभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरकाे ४० कराेड ३२ लाख ८७ हजार रूपैयाँ बराबरकाे ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।