Like us!
Follow us!

सानिमा क्यापिटलका २ वटा म्युचुअल फण्डले ताेके बुकक्लाेज मिति

सानिमा क्यापिटलका २ वटा म्युचुअल फण्डले ताेके बुकक्लाेज मिति

लगानी खबर, काठमाडाैँ - सानिमा बैंक काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेका छन् ।

दुवै फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज १ गते, शुक्रबार बुकक्लाेज गर्ने भएका छन् । त्यसैले, भदाै ३१ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने इकाईधनीहरूले मात्र लाभांश लिन सक्नेछन् ।

सानिमा क्यापिटलकाे भदाै १५ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डका इकाईधनीहरूलाई करसहित ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

6138626acf26c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।