लगानी खबर, काठमाडाैँ - नबिल बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ ले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडकाे हिजाे (भदाै २२ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ४० प्रतिशत र नबिल ब्यालेन्सड फण्ड २ का इकाईधनीहरूलाई करसहित ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।