Like us!
Follow us!

स्वराेजगार लघुवित्तकाे लाभांश घोषणा, बाेनस कति ?

स्वराेजगार लघुवित्तकाे लाभांश घोषणा, बाेनस कति ?

लगानी खबर, काठमाडाैँ - स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

संस्थाको भदाै २२ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घाेषणा गरेकाे हाे । संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गरी गत असाेज २५ गतेदेखि एकिकृत काराेबार गरेकाे हुनाले बाेनसमा कर लाग्दैन । 

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

613845b074666.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।