Like us!
Follow us!

छुट्ला है ! सिटिजन्स म्युचुअल फण्ड १ र २ काे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है ! सिटिजन्स म्युचुअल फण्ड १ र २ काे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ काे लाभांश सुरक्षित गर्ने आज (भदाै २३ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

दुवै फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि भदाै २४ गते, बिहीबार एक दिनका लागि बुकक्लाेज गर्ने घाेषणा गरेका छन् । त्यसैले, आज (भदाै २३ गते, बुधबार) सम्म नेप्सेमा काराेबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंकद्वारा प्रवर्द्धन गरिएकाे तथा सिबिआईएल क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन भई सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घाेषणा गरेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।