Like us!
Follow us!

संस्थापक सेयर बिक्री गर्दै एनएलजी इन्स्याेरेन्स

संस्थापक सेयर बिक्री गर्दै एनएलजी इन्स्याेरेन्स

लगानी खबर, काठमाडाैँ - एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ ।

कम्पनीकाे संस्थापक सेयरधनीले आफ्नाे नाममा रहेकाे एक हजार ३ सय २६ दशमलव ६० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले कम्पनीले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य प्रतिकित्ता ६ सय २५ रूपैयाँ ताेकिएकाे छ । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै सर्वप्रथम कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीकाे सेयर रजिष्ट्रार सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

सूचना हेर्नुहाेस् :

61370cc0afa23.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।