Like us!
Follow us!

सानिमा लाईफको सेयरमूल्यमा लगातार सर्किट, कति पुग्याे सेयरमूल्य ?

सानिमा लाईफको सेयरमूल्यमा लगातार सर्किट, कति पुग्याे सेयरमूल्य ?

लगानी खबर, काठमाडाैँ - भदाै १७ गते, बिहीबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार सुरू भएकाे सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य लगातार सकारात्मक सर्किट लागिरहेकाे छ । 

आज मंगलबार पनि कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५२ रूपैयाँ २० पैसा पुगेकाे छ । नेप्सेमा कम्पनीकाे काराेबार ३०९ रूपैयाँबाट सुरू भएकाे थियाे ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।

61371120dc173.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।