Like us!
Follow us!

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र इक्वीटी फण्डले पठाए लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र इक्वीटी फण्डले पठाए लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौँ - सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकाे सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेका छन् । दुवै फण्डले लाभांश वितरण गर्ने प्रयोजनार्थका लागि बुकक्लोज गरिएकाे मितिसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरूकाे बैंक खातामा भाद्र १७ गतेबाट नगद लाभांश जम्मा गर्न थालेका हुन् ।

त्यसैगरी, हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरूलाई आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नाे प्रतिफल प्राप्त गर्न योजना व्यवस्थापक सिद्धार्थक क्यापिटलले आग्रह गरेकाे छ ।

आर्थिक वर्ष २०७६/०७७ का लागि सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूलाई कर सहित ७.५ प्रतिशतका दरले हुन आउने ११ कराेड २५ लाख रूपैयाँ बराबरकाे प्रतिफल र  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरूलाई कर सहित ५ प्रतिशतका दरले हुन आउने ६ कराेड रूपैयाँ बराबरकाे प्रतिफल वितरण गर्ने घाेषणा गरिएकाे थियाे । 

फण्डले प्रकाशन गरेका सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।