Like us!
Follow us!

युनिलिभरले गर्यो बम्पर लाभांश घोषणा, बुक क्लोज कहिले ?

युनिलिभरले गर्यो बम्पर लाभांश घोषणा, बुक क्लोज कहिले ?

लगानीखबर काठमांडाै-  युनिलिभर नेपालले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सोमबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७ ७८ को नाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीले प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् ।

कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश सेयरधनीहरुलाई वितरण गरिसक्ने जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।