लगानी खबर, काठमाडाैँ - मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने २४ करोड रूपैयाँ बराबरको २४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे हाे ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सम्झाैतामा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर उप्रेती र बि.ओ.के. क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् ।
मनकामना इन्जिनियरिङ्गले दोलखास्थित ५ मेगावाट विद्युत क्षमताको आयोजना सञ्चालन गरिरहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।