Like us!
Follow us!

नेप्सेमा उछाल आउँदा टप लुजरमा म्युचुअल फण्ड र डिबेञ्चर मात्र

नेप्सेमा उछाल आउँदा टप लुजरमा म्युचुअल फण्ड र डिबेञ्चर मात्र

लगानी खबर, काठमाडौं - आज (सोमबार) सेयर बजार उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.७८ विन्दुमामा पुगेको छ । सोमबार नेप्से परिसूचक ५.७४ प्रतिशतले बढेको हो ।

उच्च अंकले वृद्धि भएको बजारमा आज १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर २०८२ लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज डिबेञ्चरको सेयर मूल्य १.९४ प्रतिशतले घटेर १ हजार २० रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : १२ प्रतिशत आइसि एफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को १.७४ प्रतिशतले घटेर १ हजार १ सय ३० रुपैयाँ पुगेको छ । १०.२५ प्रतिशत एनआसी एशिया बैंक डिबेञ्चर २०८३/८४ को १.७१ प्रतिशतले घटेर १ हजार ३२ रुपैयाँ पुगेको छ । सनराइज ब्लुचिप फण्डको सेयर मूल्य ०.५९ प्रतिशतले घटेर १० रुपैयाँ १३ पैसा पुगेको छ । कुमारी इ्रक्वीटी फण्डको ०.४९ प्रतिशतले घटेर १० रुपैयाँ ९ पैसा पुगेको छ । 

त्यसैगरी, आज सिटिजन म्युचुअल फण्डको सेयर मूल्य पनि घटेको छ । आज फण्डको इकाइ मूल्य ०.३२ प्रतिशतले घटेर १५ रुपैयाँ ४० पैसा पुगेको छ । सानिमा लार्ज क्याप फण्डको ०.२९ प्रतिशतले घटेर १० रुपैयाँ २० पैसा पुगेको छ र १२ प्रतिशत गुडविल फाइनान्सको सेयर मूल्य ०.१७ प्रतिशतले घटेर १ हजार १ सय ५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

6135ecfe52398.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।