Like us!
Follow us!

अरुण भ्यालीसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

अरुण भ्यालीसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - आज (सोमबार) सेयर बजार उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.७८ विन्दुमामा पुगेको छ । सोमबार नेप्से परिसूचक ५.७४ प्रतिशतले बढेको हो ।

वृद्धि भएको बजारमा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा धेरै कारोबार गरेको छ । आज हाइड्रोपावरको ४६ कारोड ३० लाख ९१ हजार ४ सय ५६ रुपैयाँको कारोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : हिमालयन डिस्टिलरी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, आइसि एफसि फाइनान्स, एनआइसी एशिया बैंक, नबिल बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक र रिडी हाइड्रोपावर रहेका छन् ।  

6135e7aaadc80.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।