लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले भोली (मंगलबार) ६ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि ४ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंसिर २१ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल भदौ २१ गते परिपक्क हुनेछ ।
त्यसैगरी, उक्त ट्रेजरी बिल आज (भदौ २१ गते, सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर भोलि (भदौ २२ गते, मंगलबार) बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंककले जारी गरेको सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।