Like us!
Follow us!

संस्थापक सेयर बिक्री गर्दै सेन्ट्रल फाईनान्स

संस्थापक सेयर बिक्री गर्दै सेन्ट्रल फाईनान्स

लगानी खबर, काठमाडौं - सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेडले संस्थापक समूहको एक लाख ५४ हजार ४ सय ४९ कित्ता सेयर बिक्री गर्ने भएको छ ।

आफ्नो नाममा रहेको सेयर बिक्री गर्नका लागि फाईनान्सका केही शेयरधनीहरूले निवेदन दिएकाले कम्पनीले सोही सेयर बिक्री गर्न लागेको हो । 

फाईनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम फाईनान्सका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुर वा फाईनान्सको सेयर रजिष्टार एनएमबि क्यापिटलमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

यस अवधिभित्र निवेदन पेश नभएमा प्रचलित नियम अनुसार अन्य व्यक्तिहरूलाई सेयरहरू बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ । 

फाईनान्सले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

6135bbccdbafb.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।