Like us!
Follow us!

गभर्नरको राजिनामाकाे मागसहित राष्ट्र बैंक घेर्दै लगानीकर्ता

गभर्नरको राजिनामाकाे मागसहित राष्ट्र बैंक घेर्दै लगानीकर्ता

लगानी खबर, काठमाडौं - सेयर धितो कर्जाको सीमाको विरोध गर्दै लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकसँग गभर्नरको राजिनामासहित राष्ट्र बैंक घेराउ गर्ने भएका छन् । 

गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित उनीहरूले १८ बुँदे माग गरेका हुन् । पुँजीबजार सुधार संघर्ष समितीका संयोजक रामकृष्ण ढकालले एक बिज्ञप्ती जरी गर्दै विभिन्न १८ बुँदे मागसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । 

नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको छ ।

संघर्षका कायक्रम अन्तर्गत आज सोमबार बृहत प्रदर्शन सहित राष्ट्र बैंक घेराउ गर्ने, मागहरु सम्बोधन नभए भदौ २३ गतेदेखि २९ गतेसम्म दैनिकरुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म रिले अनसन गर्ने र यति गर्दासमेत आफ्ना मागहरु सम्बोधन नभए आमरण अनसनसम्म गर्ने कार्यक्रम रहेको संघर्ष समितीका सहसंयोजक रोहन कार्कीले जानकारी दिएका छन् । 

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको छ । यो सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ॠण चुक्ता गर्दा सेयर बजारमा त्यसको असर देखिएको छ ।

विज्ञप्ति हेर्नुहाेस् :

 

6135a1efdb711.jpg 6135a1f5c13e6.jpg 6135a1f77479a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।