Like us!
Follow us!

राधी विद्युतको बोनसमा लाग्ने कर नतिरे सेयर फ्रिज हुने

राधी विद्युतको बोनसमा लाग्ने कर नतिरे सेयर फ्रिज हुने

लगानी खबर, काठमाडौं - राधी विद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/७७ मा प्रदान गरेको ३६.५ प्रतिशत बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको छ । बोनस सेयरमा लाग्ने कर नतिरे सेयर फ्रिज हुने कम्पनीले जनाएको छ ।

सेयरधनीहरूले कर भुक्नाती नगरेसम्म उक्त बोनस सेयर फ्रिज हुने जानकारी गराउँदै कम्पनीले सेयरधनीहरूलाई बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हो । 

सेयरधनीहरूले बैंक अफ काठमाडौँ लिमिटेडको खाता नम्बर ०१०००००६३५१७५२४ मा कर बापतको रकम जम्मा गर्न सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

 

6134aefd7759f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।