Like us!
Follow us!

राष्ट बैंककाे १२ कराेडकाे सीमा प्रकरण : सेयर बजारमा पहिराे

राष्ट बैंककाे १२ कराेडकाे सीमा प्रकरण : सेयर बजारमा पहिराे

लगानी खबर, काठमाडाैँ - आज (आइतबार) सेयर बजारमा पहिराे गएकाे छ । नेपाल राष्ट्र बैंककाे १२ कराेडकाे सीमा प्रकरणपछि लगातार जसाे घटिरहेकाे बजारमा आज झनै ठूलाे गिरावट देखिएकाे हाे । आइतबार १२ बजेर ५९ मिनेट जाँदा सेयर बजार ५.०३ प्रतिशतले घटेपछि ४० मिनेटका लागि नकारात्मक सर्किट ब्रेक पनि लागेकाे थियाे ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ विन्दुमा पुगेकाे छ । नेप्से ३.७० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १९.७६ अंकले घटेर ५२२.०१ विन्दुमा झरेकाे छ ।

कूल २२३ वटा कम्पनीकाे २ कराेड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ ।

नाफा कमाउनेमा म्युचुअल फण्ड र डिबेञ्चरसहित जम्मा १४ वटा कम्पनीहरू छन् । जसमध्ये, सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

आइतबार पनि अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । यता जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।