Like us!
Follow us!

भारी अंकले घटेको बजारमा यी हुन् सर्वाधिक सेयर मूल्य घट्ने १० कम्पनी

भारी अंकले घटेको बजारमा यी हुन् सर्वाधिक सेयर मूल्य घट्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - यस साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ विन्दुमामा पुगेको छ । आइतबार नेप्से परिसूचक ३.७० प्रतिशतले घटेको हो । 

घटेको बजारमा आज जानकी फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर ६ सय ८५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । आज कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।  

त्यसैगरी, सर्वाधिक सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : नारायणी डेभलपमेन्टको सेयरमूल्य १० प्रतिशतले घटेर ९ सय ६२ रुपैयाँ १० पैसा पुगेको छ । नेपाल फाइनान्स लिमिटेडको १० प्रतिशतले घटेर ५ सय ९७ रुपैयाँ ६० पैसा पुगेको छ । अरुण काबेली पावरको १० प्रतिशतले घटेर ५ सय ४० रुपैयाँ ९० पैसा पुगेको छ । सिइडिबी हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेर १ हजार ६२ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, आज समृद्धि फाइनान्सको सेयर पनि घटेको छ । आज कम्पनीको सेयर १० प्रतिशतले घटेर ५ सय ४० रुपैयाँमा पुगेको छ । गुडविल फाइनान्सको १० प्रतिशतले घटेर ८ सय २ रुपैयाँ ८० पैसा पुगेको छ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको १० प्रतिशतले घटेर ४ सय ७६ रुपैयाँ १० पैसा पुगेको छ । आइसि एफसि फाइनान्सको सेयर १० प्रतिशतले घटेर ८ सय ६४ रुपैयाँ ९० पैसा पुगेको छ र रुरु जलविद्युत परियोजनाको सेयर १० प्रतिशतले घटेर १ हजार ३ सय रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । आज यी सबै कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

61348f4dab2b0.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।