लगानी खबर, काठमाडौँ - नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फन्डकाे नगद लाभांश सुरक्षित गर्ने आज (भाद्र २४ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।
दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भाेलि भाद्र २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैलेआज (भाद्र २४ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
आर्थिक वर्ष २०७६/०७७ का लागि नबिल ब्यालेन्स फण्ड-२ का इकाईधनीहरूलाई कर सहित ९ प्रतिशतका दरले हुन आउने १० कराेड ८ लाख रूपैयाँ बराबरकाे प्रतिफल र नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई कर सहित ६ प्रतिशतका दरले हुन आउने ७ कराेड ५० लाख रूपैयाँ बराबरकाे लाभांश वितरण गर्ने घाेषणा गरेका छन् ।
हेर्नुहाेस् सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।