लगानी खबर, काठमाडौं - सुन प्रकरण सम्बन्धमा महालक्ष्मी विकास बैंक लिमिटेडले ध्यानाकर्षण जनाएको छ ।
लगानी खबर, काठमाडौँ बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिनुभएकी ललितपुर, ईमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुनगई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका गलत समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको छ । 
विज्ञप्तिमा भनिएको छ, "बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुनु आश्यर्चको विषय हो ।"
बैंक र ग्राहकबिच कर्जा असुलीको क्रममा भएको फरक बुझाइका कारणले भ्रामक रुपमा समाचार प्रवाह हुँदा बैंक जस्तो सम्वेदनशील निकायको प्रतिष्ठामै आँच आउने तथ्यलाई मनन गर्न बैंकले सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गरेको छ ।
भदौ १८ गते शुक्रबार ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिएको बैंकले जानकारी दिएको छ । त्यस्तै, बैंकले आफ्ना ग्राहकहरुप्रति संधै संवेदनशील रहने र भविष्यमा पनि ग्राहकहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । 
                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।