Like us!
Follow us!

६ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

६ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं - यस साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । 

गएको शुक्रबार तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार ६ सय रुपैयाँले बढेर तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९० हजार ४ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलाको ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

613455c518769.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।