Like us!
Follow us!

यी ३ कम्पनीकाे सेयर आजबाट लिलामीमा, हेर्नुस् कुनकाे कति कित्ता ?

यी ३ कम्पनीकाे सेयर आजबाट लिलामीमा, हेर्नुस् कुनकाे कति कित्ता ?

लगानी खबर, काठमाडाैँ - हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडकाे स्वामित्वमा रहेकाे ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (भदाै २० गते, आइतबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ । 

कम्पनीले आफ्नो स्वामित्वमा रहेको सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

जसमध्ये, सेञ्चुरी कमर्सियल बैंककाे मूल्य १५० रूपैयाँ, मञ्जुश्री फाइनान्सकाे मूल्य ३५० रूपैयाँ र कामना सेवा विकास बैंक लिमिटेडकाे २५० रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले सबै कम्पनीकाे सेयरमा न्युनतम ५ हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि भदाै २७ गते, आइतबारसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

61342bdb79818.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।