लगानी खबर, काठमाडौँ - एनआइसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकाे एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्स फण्डकाे नगद लाभांश सुरक्षित गर्ने आज (भाद्र २४ गते, बुधबार) अन्तिम मौका रहेकाे छ ।
दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भाेलि भाद्र २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज (भाद्र २४ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
आर्थिक वर्ष २०७६/०७७ का लागि एनआइसी एशिया ग्रोथ फण्डका इकाईधनीहरूलाई कर सहित १२ प्रतिशतका दरले र एनआइसी एशिया ब्यालेन्स फण्डका इकाईधनीहरूलाई कर सहित ८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेका छन् ।
हेर्नुहाेस् सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।