Like us!
Follow us!

नेपाल विद्युत प्राधिकरणको विभिन्नपदको आवेदन फारम शुल्क खल्तीबाट सिधै भुक्तानीगर्न सकिने

नेपाल विद्युत प्राधिकरणको विभिन्नपदको आवेदन फारम शुल्क खल्तीबाट सिधै भुक्तानीगर्न सकिने

लगानीखबर, काठमांडौ- अनलाइनभुक्तानी सेवाप्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदकालागि माग गरेको आवेदनको फारम शुल्क खल्ती बाट सजिलै तिर्र्न सकिने सुविधा संचालनमा ल्याएको छ । 

आवेदकहरुले विभिन्नपदको लागि नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइट बाट आवेदन फारम भरि त्यसमा लाग्ने दस्तुर खल्ती बाट सजिलै भुक्तानीगर्न सक्नेछन्। दरखास्त दिने मिति यहिँ भाद्र १८ देखि असोज ७ सम्म रहेको छ । यद्यपी, इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारहरुले २०७८ असोज १४ गते सम्म दोब्बर दस्तुर तिरी अन्तिम दरखास्त दिन सक्नेछन् । 

कार्यालयमा धाईरहनु पर्ने वा लाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनिकरण गर्ने हेतुले उक्त सेवा संचालनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक, श्री जोनामभुर्तेलले जानकारी गराए । 

प्राधिकरणको आधिकारीक वेबसाइट बाट विभिन्न पदकोलागि अनलाइन फारम भरीसकेपछि पेमेन्ट विकल्पमा खल्ती छनौट गरी त्यसमा लाग्ने शुल्क सजिलै भुक्तानी गर्न सकिन्छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।