लगानीखबर काठमाडौ, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकरिदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा इद–ऊल अजहा (बकरिद)को अवसरमा देश विदेशमा बस्नुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दे मुख्यमन्त्री राउतले प्रदेश नं २ का साथै मुलुकमा भाइचारा र सुख शान्तिमा अभिवृद्धि होस् भनी कामना गर्नुभएको उल्लेख गरिएको छ ।
कोरोना महामारीले विश्वलाई अक्रान्त बनाएको अवस्थामा हुन गइरहेको यो पर्वले विश्वलाई कोरोनाबाट मुक्ति दिलाओस् भनी उहाँले कामनासमेत गर्नुभएको छ । वर्तमान महामारीको अवस्था र सरकारले ठाउँठाउँमा गरेको लकडाउनलाई पूर्ण पालना गर्नुपर्ने विषयमा जोड दिँदै मुख्यमन्त्री राउतले इस्लाम धर्मावलम्बीलाई भीडभाड नगरी आ–आफ्नै घरमा पर्व मनाउन र कोरोनाको अन्त्यका लागि प्रार्थना गर्नसमेत आग्रह गर्नुभएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।