Like us!
Follow us!

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै सनराइज बैंक

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै सनराइज बैंक

लगानी खबर, काठमाडाैँ - सनराइज बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । बैंकले आज (भदौ १८ गते, शुक्रबार) बाट संस्थापक समूहको सेयरहरू बिक्री खुल्ला गरेको हो । 

बैंकले इन्स्योरेन्सको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता ४ सय २१ रूपैयाँ ६३ पैसा तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।

उक्त सेयर खरिद गर्न लागि विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि असोज एक गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।