Like us!
Follow us!

सिनर्जी पावरकाे साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

सिनर्जी पावरकाे साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडाैँ - सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे पन्ध्राैँ वार्षिक साधारण सभा आज (भदाै १८ गते, शुक्रबार) हुँदैछ ।  उक्त सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय, बालुवाटारमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । 

सभामा कम्पनीकाे साउन २४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भदाै ४ गतेदेखि गतेदेखि भदाै १८ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, भदाै ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।