Like us!
Follow us!

"एनएमबि सरल बचत फन्ड - ई" मा पहिलाे दिन दिए २० हजारले आवेदन

"एनएमबि सरल बचत फन्ड - ई" मा पहिलाे दिन दिए २० हजारले आवेदन

लगानी खबर, काठमाडाैँ - एनएमबि क्यापिटल लिमिटेडले आज (भदाै १७ गते, बिहीबार) बाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा पहिलाे दिन २० हजार जना लगानीकर्ताले आवेदन दिएका छन् ।

याेजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार बिहीबार साँझ ५:३० बजेसम्म २० हजार २ सय ४१ जना लगानीकर्ताहरूले ९८ लाख १२ हजार ५ सय १० इकाईका लागि आवेदन दिएका हुन् ।

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईकाे ४० प्रतिशत अर्थात ४ कराेड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ । 

यस खुलामुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् । याे फण्डमा लगानीकर्ताले छिटाेमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।