Like us!
Follow us!

बिहीबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

बिहीबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ५०.१३ अंकले घटेर २९२६.८९ विन्दुमामा पुगेको छ । बिहीबार नेप्से परिसूचक १.६२ प्रतिशतले घटेको हो ।

गिरावट आएको बजारमा आज सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीको सेयर १० प्रतिशतले बढेर ३ सय ३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ ।  

त्यसैगरी, सर्वाधिक सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : मनकामना स्मार्ट लघुवित्तको ९.९९ प्रतिशतले बढेर ५ सय ३ रुपैयाँ पुगेको छ । चन्द्रागिरि हिल्स लिमिटेडको ५.२३ प्रतिशतले बढेर १ हजार ५ सय ९० रुपैयाँ पुगेको छ । खानीखोला हाइड्रोपावरको ५ प्रतिशतले बढेर ३ सय ९९ रुपैयाँ पुगेको छ । डिप्रोक्स लघुवित्तको सेयर ४.३२ प्रतिशतले बढेर १ हजार ७ सय ८५ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, आज कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर पनि बढेको छ । आज बैंकको सेयर २.६१ प्रतिशतले बढेर १ हजार ३ सय ५५ रुपैयाँ पुगेको छ । नबिल ब्यालेन्स फण्ड २ को सेयर १.९४ प्रतिशतले बढेर १५ रुपैयाँ २४ पैसा पुगेको छ । लक्ष्मी उन्नती कोषको १.६० प्रतिशतले बढेर १० रुपैयाँ ८० पैसा पुगेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयर १.४३ प्रतिशतले बढेर ४ सय ८८ रुपैयाँ ९० पैसा पुगेको छ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को सेयर १.०४ प्रतिशतले बढेर ११ रुपैयाँ ६८ पैसमा अन्तिम कारोबार भएको छ । 

6130ab5a87f71.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।